कूल ६२ कर्मचारीलाई प्रदान गरिने उक्त तालीम १० दिनसम्म सञ्चालन हुनेछ ।
तालीमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण/अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरीक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयमा चलिरहेको विश्वव्यापी अभ्यासबारे क्षमता अभिवृद्धि गर्नेछ । प्रथम समूहका २० नेपाली कर्मचारीले १० दिने तालीम सम्पन्न गरेका थिए ।