अर्थमन्त्रीले पद वहाली भएपछिको पहिलो अन्तरवार्ता बीबीसी नेपाली सेवालाइ दिँदै शेयर बजारलाई अनुत्पादक क्षेत्र भनेपछि बजारमा तरङ्ग आयो । यो भनाईले अर्थमन्त्रीप्रति लगानीकर्ताहरू निराश भए । यही भनाईलाई आधार मान्दै सेयर परिसूचक घटाउने काम समेत भयो । भलै अर्थमन्त्रीले आफनो भनाईको आसय त्यस्तो नभएको भन्दै प्रतिरक्षा गरे ।
गर्भनर हुँदा घरजग्गा कारोवारमा कडाई गरेपछि आत्तिएका व्यवसायीले खतिवडा अर्थमन्त्री हुँदा शेयर बजारलाई पनि त्यही गतिमा लाने हुन् कि भन्ने मनोबिज्ञान बजारमा पर्यो । आखिर सेयर बजारमा सलग्न व्यवसायी घरजग्गा कारोवारमा सलग्न हुनाले बजार घट्नु स्वभाविकै थियो ।

बहुदलीय प्रतिस्पर्धाबाट आएको सरकार र त्यसका बिज्ञ अर्थमन्त्री डा खतिवडा आउँदा बजार घट्नुमा उनलाई मात्र दोष दिनु किमार्थ हुँदैन । बजार घटाउन उद्यत स्वार्थी समूह पनि उत्तिकै जिम्मेवार छ जति नियामक निकाय धितोपत्र बोडको कार्यकुशलता निकम्मा छ । पूँजी बजार यो अबधिमा घट्नुको प्रमुख कारण तरलता संकट हो भने दोश्रो सेयरको अत्याधिक आपूर्ति ।
बित्तिय क्षेत्रमा देखिएको तरलता संकट समाधानमा अर्थमन्त्रालय भन्दा पनि राष्ट्रबैंकको भूमिका अहं हुन्छ । यस अर्थमा सोझै अर्थमन्त्रीलाई दोष देखाउँदा पनि परिपक्वपता हुँदैन । व्याजदर स्वतन्त्र बजारलाई नछाडेर सरकारले नियन्त्रण गर्दा त्यसको असर झन उल्टो देखिन्छ । तरलता संकट व्यवस्थापन गर्न सहजीकरण गर्न अर्थमन्त्री चुकका छन्, त्यसमा उनको दोष छ तर तरलता संकट र व्याजदर नियन्त्रणको कार्यधिकार अर्थमन्त्रालयको होइन ।
वास्तवमा पूँजी बजारको मुख्य नियामक निकाय धितोपत्र बोर्डले हकप्रदबाट आपूर्ति भएको शेयरलाई खपत गर्ने संयन्त्रको निर्माण गर्न नसक्दा नेप्से सूचक घटेको भन्ने तर्कमा दम छ । अर्थमन्त्रीको कार्यकालको यो बर्षमा परिसूचक यति तल गयो भन्ने तथ्याक प्रस्तुत गरिरहँदा त्यसको मुख्य जिम्मेवारी धितोपत्र बोर्ड र नेप्सेले पनि लिनै पर्छ ।
पुँजीगत लाभकर मापनका बिषयमा अर्थमन्त्रीले बेमौसमी आदेश दिँदा त्यसको असर पूँजी बजारमा देखियो तर लगानीकर्ताको आन्दोलन र दवावका कारण उनी पछि हट्न बाध्य हुनुपर्यो । आदेश दिँदा बचपन देखाएका अर्थमन्त्रीले निर्णय फिर्ता गर्न लगाएर परिपक्वता देखाएको बिश्लेषण गरियो ।
लगानीकर्ताले निरन्तर बजार घटेर अर्वौको पूँजी गुमाउँदा पनि सरकार, निमायक निकाय कसैले पनि चासो नदेखाएपछि लगानीकर्ता आन्दोलित भए । आमरण अनसनसम्म बस्न बाध्य भएका लगानीकर्ताहरू कै दवावका कारण सरकारले पूँजी बजारको बिस्तार र बिकासका लागि राष्ट्बैंकका डेपुटी गर्भनरको संयाेजकत्वमा कार्यदल बनायो । त्यो कार्यदलले पूँजी बजार बिकास र बिस्तारका लागि ५८ बुँदे सुझाव दियो ।

वास्तवमा ती सुझाव पूँजी बजारको प्रगतिका लागि युगान्तकारी नै थिए । ती सुझाव अबिलम्व कार्यान्वयन गर्न जसरी अर्थमन्त्रीले निर्देशन दिए, त्यो स्वागतयोग्य कदम थियो । यो कदमपछि उनी पूँजी बजार मैत्री छन् भन्ने सन्देश प्रवाहित भयो । ती सुझाव सबै कार्यान्यवन गर्ने जिम्मा नियामक निकायको हो । अव सरकारले यो गरेन, त्यो गरेन भन्ने स्थिति रहेन ।
खतिवडा अर्थमन्त्री भएको दिन अर्थात एक बर्ष पहिले आजकै दिन नेप्से सूचक १३५८.९५ बिन्दुमा आइपुगेको थियो । उनी अर्थमन्त्री भएको एक वर्ष पुगेको दिन अर्थात आज नेप्से सूचक ११०२.५६ बिन्दुमा आइपुगेको छ । उनी आएको दिन र एक बर्ष पुगेको दुबै दिन नेप्से राताम्मे भएको देखियो ।
अर्थमन्त्रीले पद सम्हालेपछि जारी गरेको स्वेतपत्रको बिषयलाई लिएर उनको आलोचना भयो । पूर्ववर्ती सरकारले देश नै खोक्रो पारेजस्तो गरि तथ्याकं प्रस्तुत गरेकोमा काँग्रेसले आपत्ति जनायो । तर आर्थिक सूचक यो बर्षमा पनि आशा गरे अनुसार नबढेपछि उनको बिज्ञता र कार्यकुशलतामाथि प्रश्न पार्टीभित्र र बाहिर पनि आलोचना हुने गरेको छ । यो बिचमा अर्थमन्त्रीमाथि राष्ट्रबैंकको स्वायतत्ताको सम्मान गर्न सकेनन् भन्ने आरोप पनि लाग्याे ।
आर्थिक बर्षको बजेट निर्माणको क्रममा पार्टी कार्यकर्ताको अनावश्यक दवावलाई झेलेर उनले व्यवसायिक अर्थमन्त्रीको रूपमा दरिए । तर, आगामी बर्षको बजेट निर्माणको बेलासम्ममा तिनै कार्यकर्ताको कोपभाजनमा उनी परे भने अनौठो नमाने हुन्छ । किनभने अर्थमन्त्रीलाई गरिखान नदिने समूह पार्टीबाहिर भन्दा भित्र ठूलो छ । केही दिन पहिले अर्थमन्त्रीले राजीनामा दिने आसयका समाचार पनि त्यही खेलभित्र पर्छन ।
बजेटबाट राजस्वमा गरिएको कडाईले अधिकांश व्यापारी उनको विरूद्धमा भएपनि नियन्त्रण बाहिर भने छैनन् । पूँजीगत खर्चमा देखिएको सुस्तता, बैदेशिक सहयतामा कमी, सोधानान्तर बचतमा देखिएको गिरावटलाई नियन्त्रण गर्न नसक्नु अर्थमन्त्रीको रूपमा उनको कमजारी देखिएको छ । यद्यपि उनले भन्ने गरेका छन्, पहिलो बर्ष मेरो गाली खाने बर्ष हो भने बाँकी चार बर्ष ताली खाने बर्ष ।