आम्दानी बढेपनि ओरियण्टल होटलको नाफा घट्यो

Aug 14, 2024 09:54 AM Merolagani



ओरियण्टल होटल लिमिटेड (OHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार होटलको आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा होटलले १ अर्ब १५ करोड ५६ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष होटलको सञ्चालन आम्दानी १ अर्ब ८ करोड ६७ लाख रुपैयाँ थियो।

आम्दानीको तुलनामा खर्च बढेका कारण होटलको नाफा भने घटेको छ। अघिल्लो आर्थिक वर्ष १६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको यस होटलले गत आर्थिक वर्ष १२ करोड २३ लाख रुपैयाँ मात्र नाफा कमाउन सफल भएको छ। समीक्ष्ाँ अवधिमा होटलको खुद नाफा २३.९२ प्रतिशत घटेको हो।

समीक्षा अवधिमा होटलको कुल आम्दानी ०.४३ प्रतिशत बढेको छ। त्यस्तै, होटलको कुल खर्च ८.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २१.६७ प्रतिशत घटेको छ।

नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ३ रुपैयाँ ४२ पैसा घटेर १० रुपैयाँ ८४ पैसामा झरेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ ३४३ रुपैयाँ ४१ पैसा रहेको छ। १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको जगेडा कोषमा २ अर्ब ७४ करोड ५९ लाख रुपैयाँ रहेको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।