शतप्रतिशत बढ्यो तारागाउँ रिजेन्सीको खुद नाफा

Aug 18, 2023 08:15 AM Merolagani



तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (TRH) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा शतप्रतिशत बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३८ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.८० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १९ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको सञ्चालन आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ९९.७१ प्रतिशत बढेर १ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको अन्य आम्दानी समीक्षा अवधिमा १९.७२ प्रतिशत बढेर १८ करोड ७० लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी ८४.९८ प्रतिशत बढेर १ अर्ब ५७ करोड २ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा बढेर २० रुपेयाँ २८ पैसा पुगेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ८६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.९७ गुणा रहेको छ।

१ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।