हालसम्म १२ वटा लघुवित्तले गत आर्थिक वर्षको चौथो वित्तीय विवरण प्रकाशित गरेका छन् । १२ मध्ये ९ वटा लघुवित्तले १५ प्रतिशतभन्दा बढी लााभंश दिन सक्ने अवस्था रहेको छ ।
अहिलेसम्म समाज, आत्मनिर्भर, सपोर्ट, गुराँस, माहुली, हिमालयन, उन्नति सहकार्य, इन्फिनिटी, कालिका, सिवाइसी नेपाल, आरम्भ चौतारी र आरएसडीसी लघुवित्तले आव २०८१/८२ को चौथो वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित वित्तीय विवरणमध्ये सबैभन्दा बढी समाज लघुवित्तकाे ६२ दशमलब १ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ भने दोस्रोमा आत्मनिर्भर लघुवित्तकाे ५७ दशमलब ०७ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।
त्यसैगरी सपोर्ट माइक्रोफाइनान्सले ४१ दशमलब ८१ प्रतिशत, गुराँस लघुवित्तले ३४ दशमलब १७ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तले ३४ दशमलब १७ प्रतिशत, माहुली लघुवित्तले ३३ दशमलब ५७ प्रतिशत, हिमालयन लघुवित्तले १९ दशमलब ७६ प्रतिशत, उन्नती सहकार्य लघुवित्तले १६ दशमलब ५७ प्रतिशत र इन्फिनिटी लघुवित्तले १६ दशमलब ०९ प्रतिशतल लाभांश दिन सक्ने क्षमता रहेको छ । कम्पनीले प्रकाशित गरेको वितरण योग्य प्रति शेयर आम्दानीको आधारमा कालिका लघुवित्तले भने साविककै हाराहारीमा अर्थात १५ प्रतिशतको हाराहारीमा मात्रै लाभांश दिन सक्ने अवस्था रहेको छ ।
प्रकाशित वित्तीय विवरणअनुसार आरम्भ चौतारी लघुवित्तले १४.२० प्रतिशत र आरएसडीसी लघुवित्तकाे ८ दशमलब २६ प्रतिशत मात्रै लाभांश क्षमता रहेको छ ।
लाभांश क्षमता अत्यधिक रहे पनि ग्रामीण विकास लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको समाज लघुवित्तको शेयर मूल्य गत बिहीबार २३ सय ७२ रुपैयाँ ३९ पैसा कायम रह्यो । यता ५७ रुपैयाँ ७ पैसा लाभांश क्षमता रहेको आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ११ वटा लघुवित्त मध्ये सबैभन्दा बढी ५८ सय ८ रुपैयाँ ८८ पैसा रहेको छ । १६ रुपैयाँ ५७ पैसा मात्रै लाभांश क्षमता रहेको उन्नति सहकार्य लघुवित्तको शेयर अन्तिमपटक २३ सय ९७ रुपैयाँ १९ पैसामा कारोबार भयो । त्यस्तै ४१ रुपैयाँ ८१ पैसा लाभांश क्षमता रहेको सपोर्ट माइक्रोफाइनान्सको शेयर २३ सय ७९ रुपैयाँ ८० पैसामा कारोबार भइरहेको छ । यता ३४ रुपैयाँ १७ पैसा लाभांश क्षमता रहेको गुराँस लघुवित्त २२ सय ८२ रुपैयाँ २९ पैसामा कारोबार भइरहेको छ । ३३ रुपैयाँ ५७ पैसा लाभांश क्षमता भएको अर्को लघुवित्त माहुली लघुवित्त भने १४ सय ५९ रुपयाँ ४८ पैसामा अन्तिम कारोबार भयो ।
साधारणतया २० भन्दा कम लाभांश क्षमता भएका लघुवित्तहरु २ हजारभन्दा कम मूल्यमा कारोबार भइरहेका छन् । १६ रुपैयाँ ९ पैसा लाभांश क्षमता भएको इन्फिनिटी लघुवित्त ११ सय ५४ रुपैयाँ ६ पैसामा, १६ रुपैयाँ १९ पैसा लाभांश क्षमता भएको कालिका लघुवित्त १ हजार ९३ रुपैयाँ ७७ पैसा र १९ रुपैयाँ ७६ पैसा लाभांश क्षमता रहेको हिमालयन लघुवित्त भने १ हजार ५१ रुपैयाँ २० पैसामा कारोबार भइरहेको छ । अहिलेसम्म वित्तीय विवरण प्रकाशित गरेका लघुवित्तमध्ये सबैभन्दा सस्तो मूल्यमा आरएसडीस लघुवित्तको कारोबार भइरहेको छ । ८ रुपैयाँ २६ पैसा लाभांश क्षमता भएको आरएसडीसीको शेयर ७ सय ९२ रुपैयाँ २३ पैसामा गत हप्ता अन्तिम कारोबार भयो ।