के बजारको करेक्सन सकिएकै हो ?

Aug 04, 2025 06:18 PM Merolagani



पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर घटेको बजार आज बढेको छ । बजारले एक चरणको करेक्सन सकेर बढ्न सुरु गरेको हो ।

सोमबारको बजार १३.८० अंकले बढेर २८७२.७० विन्दुमा पुगेको छ । यसदिन १० अर्ब ८२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आजको बजारमा कारोबार बन्द भएपछि सूचक गणनामा देखिएको गढबडीले लगानीकर्ताहरु रुष्ठ भएका छन् । नेप्सेले सूचक गणना बिधिको विस्वासनियता गुमाउँदै गएको लगानीकर्ताहरुको आरोप छ ।

पछिल्ला तीन कारोबार दिनको फराकिलो अंकको करेक्सनले बजारलाई दबाब पारेको छ । यो अवधिमा बजार बढ्ने र छिट्टै नयाँ उचाइ बनाउने विश्वासमा रहेका समेत डराउने अवस्था सिर्जना भएको हो ।

बजारमा आउने उतारचढावलाई स्वभाविक रुपमा लिइन्छ । सोमबारदेखि बजारमा यस पटकको करेक्सन सकिएको लगानीकर्ताको बुझाई छ । आजको बजारमा बैंकिङ समूह चलायमान हुनाले भने पुनः आशा जगाएकाेछ । बैंकिङ समूह नचल्दासम्म सूचक बढ्न मुस्किल पर्ने लगानीकर्ताहरुको बुझाई छ । भाेलिकाे बजारले पनि सकारात्मक गति कायम गरेमा कारोबार रकम समेत बढ्ने छ । सोही अनुसार बजार अब ठूलो करेक्सन नहुने संकेत गरेको लगानीकर्ताहरुको बुझाई छ ।




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।