भारित औसत मूल्य निर्धारण विधि सबैको हितमा, बजारमा चलखेल गर्नेबाट बिरोध हुँदै

Aug 05, 2025 11:17 AM Merolagani



सुधा देवकोटा
गत साउन १२ गते नेपाल स्टक एक्सचेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना गर्ने क्रममा प्राविधिक त्रुटि हुँदा ७ दशमलब १० अंकले बढेको बजारको सूचक २ दशमलब ६१ अंकले नकारात्मक भयो । नेप्सेले गणना बिधि प्राविधिक त्रुटि भएको भन्दै सूचना जारी गर्यो ।

निरन्तर बढेको बजारलाई नेप्से सूचक गणनामा भएको त्रुटीले लगानीकर्तालाई नराम्रो ठेस लाग्यो । बजारको सूचक सकारात्मक हुँदा पनि लगानीकर्ताहरु बढेको महसुस गर्न पाएनन । बजारले नयाँ उचाइ कायम हुँदै गर्दा देखिएको उत्साहलाई गणना बिधिमा यस्ता त्रुटिले कम गरायो । आम लगानीकर्ताको सम्पत्तिको मूल्य निर्धारण बिधिमा देखिएको त्रुटिले ठूलो महत्व राखेको छ । त्यसैले लगानीकर्ताले असन्तुष्टि सहितको प्रतिकृया जनाउन सुरु गरेका छन् ।

त्यसैगरी, साउन १९ गते सोमबार हिजो, पुनः नेप्से गणनामा गडबढी भएको महसुस लगानीकर्ताहरुले गरे । भलै नेप्सेले यस सम्बन्धमा आधिकारीक सूचना सार्वजनिक गरेन । तर बजार बन्द भएपछि नेप्से सूूचक भने पटक पटक परिवर्तन भएको देखियो । नेप्सेको वेब साइड डाउन भयो । नेप्से सूचक कति अंकले घटयो वा बढ्यो भन्ने सूचनाबाट लगानीकर्ता बन्चित हुने परिस्थिती बन्यो । नेप्सेको विश्वसनियता माथि नै लगानीकर्ताले प्रश्न गर्दै आक्रोसित भएको देखिन्छ । गणना विधिमा गडवढी भएकै कारण बढेको बजार घटेको घटना भएको हप्ता दिन नवित्दै बजारमा अर्को समस्या देखिएको छ । यसले बजार निरन्तरको करेक्सनबाट सम्हालिदै गरेको बजार थप गिजोलिएको भन्दै लगानीकर्ताहरुले बिरोध गरेका हुन ।

बजारमा भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय गर्ने व्यवस्था व्यवहारिक नभएको लगानीकर्ता ललित ढुङ्गानाले बताए । 'यस व्यवस्थाले विसङ्गती रोक्ने भन्दा पनि कारोबारलाई चलायमान गराउनको लागि नै बाधक भएको छ । दीर्घकालको लागि यो व्यवस्था जरुरी भएपनि नेपालको बजार भारित औसत गणनाबाट मूल्य तय गर्नेका लागि तयार नभएको पछिल्ला घटनाले देखाएको उनले बताए ।

भारित औसतबाट मूल्य निर्धारण गर्ने विधिले लगानीकर्ता डराउन नपर्ने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । लगानीकर्ताले आफूले चाहेको मूल्यमा शेयर खरिदबिक्री गर्न यो व्यवस्थाले रोक्दैन । यो विधि अन्तराष्ट्रिय अभ्यास अध्ययन गरेर अपनाइएको हो । यस व्यवस्थाले बजारमा हुने गरेको म्यानुपुलेट रोक्न भूमिका निर्वाह गरेको छ । म्यानुपुलेट मार्फत बजार चलाउन खोज्नेहरुबाट बिरोध भएको पराजुलीको बुझाई छ । 'यो नेप्सेको प्रणालीले नै १५ मिनेटको कारोबार मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गरिएको छ । यो व्यवस्था व्यवहारिक छ र अहिलेको आवश्यकता हो । यो व्यवस्थाले कारोबारमा समस्या पार्दैन लगानीकर्ता डराउने र विरोध गर्नुको कुनै औचित्य छैन् ।'

बजारमा हुने मूल्य बढाउने र घटाउने विसङ्गती रोक्नकै लागि नेपाल स्टक एक्सचेजले अन्तिम १५ मिनेटमा भएको कारोबारको भारित औसत मूल्यको आधारमा अन्तिम मूल्य तय गर्ने व्यवस्था गरेको हो । यो व्यवस्थाले बजारमा अन्तिम कारोबार मूल्यमा हुँदै आएको उतारचढावको चलखेल रोकिने नेप्सेको भनाइ छ । अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिने व्यवस्था हुँदा अन्तिम सेकेन्डमा सर्किट लगाएर मूल्य बढाउने विसङ्गती असाध्यै धेरै बढेको थियो । बजार घट्दो समयमा होस् वा बढ्दो लयमा रहँदा यस्तो प्रवृति बारम्बार दोहोरिने गरेको थियो । बजारमा हुने गरेको यस्तो प्रवृतिले आम साना लगानीकर्ताको लगानी थप जोखिम पुर्याएको जानकारहरुको तर्कछ ।

भारित औसतबाट मूल्य निर्धारण गर्ने विधिको बिरोध गरिनु भनेको ‘‘कालले मर्छ जिब्रोलाई दोष’’ जस्तै भएको शेयर बजार विश्लेषक केशव कोइरालाले बताए । गणना विधिले बजारलाई कुनै असर पारेको छैन । तर प्राविधिक त्रुटी देखाएर व्यवहारिक व्यवस्थालाई विवादमा ल्याउने कोसिस भएको उनको भनाइ छ । नेप्से प्रणालीले गरिने गणनामा त्रुटी हुनै हुँदैन । भएको छ भनेपनि दीर्घकालिन समाधान गर्ने हो । बजारमा हुने गरेको जुवाडे प्रवृतिको विसङ्गती कम गर्न भारित औसत मूल्य निर्धारण विधि व्यवहारिक छ । कमजोर कम्पनीमा जुवाको शैलीमा कारोबार गर्नेहरुको लागि यो व्यवस्था तगारो भएको भएको कोइरालाको बुझाई छ ।

बरु यसरी नेप्सेको सिस्टममा पटक पटक समस्या देखिनुमा कोइरालाले शंका व्यक्त गरेका छन् । यस्तो गम्भिर समस्या प्रति जिम्मेवार निकाय जवाफदेहि हुनुपर्छ । यस्ता समस्या खडा गरेर व्यवस्था ठिक छैनन भन्ने नहुने उनको भनाई छ । ‘नेप्सेको टर्निङ प्वाइन्टमा समस्या किन हुन्छ ? खोजीको विषय हो । प्रविधिमा समस्या भए सुधार गर्ने हो यसैलाई अस्त्र बनाएर गणना विधि नै ठिक छैन भनिनु बजारमा विकृती र विसङ्गतीलाई प्रश्रय दिनु हो । यस्तो कदापि गर्न हुदैन,’ कोइरालाले भने ।

बजारलाई अनुशासित बनाउँदै सूचकको अस्वभाविक उतारचढावलाई न्यूनिकरण गर्नका लागि गरिएको हो । यो व्यवस्थाले अन्तिम समयमा हुने चलखेल रोकेको छ । यद्यपि पटक पटक सिस्टममा खराबी हुनु र बन्द भइसकेको बजारको सूचकमा हुने गरेको फेरबदलले नेप्सेको विश्वसनियता कमजोर भएको छ । यस्तो पक्षलाई सुधार गर्दै व्यवहारिक यस्ता बिधिलाई व्यवस्थित र अझ वास्तविक समयमा नै मूल्य कायम भएमा थप प्रभावकारी हुने कोइरालाको बुझाई छ ।

 

 

 

 




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।