गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब ९७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५९.८० प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी ३५ करोड २४ लाख रुपैयाँ मात्र थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २० लाख ७५ हजार रुपैयाँबाट बढेर ४० करोड ५५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर आम्दानी ६ पैसाबाट बढेर १२ रुपैयाँ १७ पैसा पुगेको छ।
३ अर्ब ३३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३३ करोड २५ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ४२.५२ गुणा रहेको छ।
