सुनचाँदी दुवैको मूल्य घट्यो

Apr 06, 2026 10:58 AM Merolagani



चैत २३ गते, सोमबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। यसदिन सुन प्रतीतोला दुई हजार ६०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुनको मूल्य दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, यस दिन बजारमा चाँदी प्रतितोला चार हजार ७८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार ८३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

 




शेयर बजार सुधारका लागि अर्थमन्त्री वाग्लेले 'ब्रेक थ्रु' गर्दै: शेयर बजारमा तत्काल के के हुँदै छ ?

Apr 01, 2026 05:58 AM

शेयर बजार (नेप्से) परिसूचक दुई दिनमा नै एक सय १८ अंक भन्दा बढीले घटेपछि दबाबमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजार सुधारका लागि विशेष कार्य योजना ल्याउने तयारी गरेका छन्।