मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमागको पश्चिम खण्ड धुनीबेशी नगरपालिका ९ मा पर्ने करिव ९ रोपनी जग्गा र द्रुतमार्गको वन क्षेत्रमा पर्ने ४६.३९ रोपनी जग्गा प्राप्तिका लागि स्वीकृति प्रदान गर्ने निर्णय भएको हो ।
द्रुतमार्गको काठमाडौं, ललितपुर र मकवानपुरमा पर्ने वन क्षेत्र र खोकना क्षेत्रमा लामो समयदेखि विवादमा रहेको उक्त जग्गा प्राप्ति हुन सकेको थिएन ।