गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

Jun 22, 2026 06:26 AM Merolagani



गत साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको थियो। अघिल्लो साता २७२४.०३ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.८० प्रतिशत अर्थात २१.९२ अंक घटेर २७०२.११ विन्दुमा बन्द भएको हो।

सो साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने तीन कारोबार दिन घटेर बन्द भएको थियो।

 

बिक्रेताको डर हाबी

गत साता इन्ट्रा डे मा नेप्से परिसूचक २७०० को मनोवैज्ञानिक विन्दुभन्दा तल झरेपनि अन्तिम समयमा भने खरिदकर्ताहरुले केही डिफेन्स गर्दै बजारलाई पुनः सो विन्दुभन्दा माथि बन्द गराएका छन्। यसले सो विन्दु आसपासमा केही खरिदचाप रहेको देखाएपनि समग्र बजारमा अझै बिक्रेताको दर हाबी रहेको संकेत गर्दछ।

बलियो टेवा क्षेत्र नजिक

गत साता नेप्से परिसूचक बलियो टेवा क्षेत्र नजिक बन्द भएको छ। हाल नेप्सेको टेवा क्षेत्र २६४५ देखि २६९० सम्म रहेको छ। आगामी दिनमा नेप्से परिसूचक उकालो लागेमा २८०० देखि २८६० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ।

कमजोर भोल्यूम

गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ७६ करोड रुपैयाँ रहेको छ। बजार महत्वपूर्ण टेवा विन्दुभन्दा तल झरेपनि भोल्यूम नबढ्नुले ठूलो प्यानिक सेलिङ्ग नभएको संकेत गर्दछ।

बियरिश मोमेन्टम हाबी

गत साता नेप्सेको एमएसिडी रेखा र सिग्नल रेखा दुबै नकारात्मक क्षेत्रमा रहेका छन्। त्यस्तै, नेप्सेमा हिस्टोग्राम पनि नकारात्मक क्षेत्रमा रहेको छ। यसले बजारमा हाल बियरिश मोमेन्टम हाबी रहेको संकेत गर्दछ।

टेक्निकल बाउन्सको उच्च सम्भावना

स्टकास्टिक आरएसआईमा नेप्से गत साता एक्सट्रिम ओभरसोल्ड जोनमा रहेको छ। प्राविधिक रुपमा स्टकास्टिक आरएसआई सो लेभलमा पुग्नुले बजारमा गिरावटको क्षेत्र सीमित हुँदै गएको र टेक्निकल बाउन्स आउन सक्ने उच्च सम्भावना रहेको संकेत गर्दछ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)