अख्तियारलाई ५ घण्टा हैन, पाँच वर्ष नै सोधपुछ गर्छौ– प्रधानमन्त्री शाह

Jun 21, 2026 06:15 PM Merolagani



प्रधानमन्त्री बालेन शाहले अख्यितयार दुरुपयोग अनुसन्धान आयोगलाई ५ घण्टा होइन, ५ वर्ष ने सोधपुछ हुने बताएका छन् ।

आफ्नो सरकार अघि सरकारी सम्पत्तिको दोहन भएको भए त्यसमा आफुले निहुँ खोज्ने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन मूल समारोहका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । विगतको कुनै पनि फट्याइ भएको भए त्यसमा निहुँ खोजिने बताए ।

‘हामी अघि बढ्दै गर्दा सरकारी सम्पत्तिको दोहन भएको वा सरकारी पैसाको हिनामिना भएको छ । विगतमा फट्याई भएको छ भने त्यहाँ हामी निहुँ खोज्छौं । र, त्यो निहुँ खोज्दै गर्दाखेरी अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ भने पछि हामी ५ घण्टा मात्र होइन, ५ वर्ष नै सोधपुछ गर्छौं ।’ उनले बताएका थिए ।

उनले आफुविरुद्ध राष्ट्रियताका सवालमा शंका नगर्न आग्रह गरे ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।