करका नयाँ दररेट इन्ट्री गर्नु पर्ने भएपछि यातायात कार्यालयका सेवा साउन ८ सम्म प्रभावित हुने

Jul 20, 2026 12:56 PM Merolagani




यातायात व्यवस्था विभागले आफ्नो डिजिटल प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन डाटाबेस माइग्रेसन तथा नयाँ करको दर समायोजनको कार्य सुरु गरेको छ।

नयाँ आर्थिक वर्षको सुरुआतसँगै प्रदेश सरकारहरूले निर्धारण गरेका करका नयाँ दररेटहरूलाई प्रणालीमा प्रविष्टि (इन्ट्री) र मिलान गर्नुपर्ने भएकाले यो प्राविधिक प्रक्रिया थालिएको विभागले जनाएको छ। सोमबार एक सूचना जारी गर्दै विभागले यो काम सम्पन्न गर्न करिब एक हप्ता लाग्ने जानकारी दिएको छ।

प्रणाली स्तरोन्नतिको काम भइरहेकाले अति आवश्यक अवस्थामा बाहेक यातायात सम्बन्धी अन्य सेवाहरू प्राप्त गर्न आगामी साउन ८ गतेपछि मात्र सम्बन्धित यातायात कार्यालयहरूमा सम्पर्क गर्न विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

डाटाबेस माइग्रेसन र कर समायोजनको यस प्रक्रियाबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति विभागले क्षमासमेत मागेको छ। प्रणालीलाई थप सुदृढ बनाउन यो कदम चालिएको विभागको भनाइ छ।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।