विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः रामप्रसाद धिताल नियुक्त

Jul 23, 2026 03:04 PM Merolagani



सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा रामप्रसाद धिताललाई नियुक्त गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार, मन्त्रिपरिषद्को निर्णयअनुसार धितालको नियुक्ति सम्वन्धी विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्राचार प्राप्त भएको हो ।

‘विद्युत् नियमन आयोगको अध्यक्ष नियुक्त हुनुभएको छ,’ मन्त्रालयका सहप्रवक्ता शालिग्राम भण्डारीले मेरोलगानीसँग भने । उनका अनुसार, आयोगका पूर्वअध्यक्षसमेत रहेका धिताल नै नियुक्त भएका हुन् ।

यसअघि वर्तमान सरकारले ल्याएको राजनीति नियुक्तिसम्वन्धी अध्यादेशका कारण उनी बर्खास्त भएका थिए । यसअघि पनि उनी आयोगको नेतृत्वमा बसेर २ वर्ष काम गरिसकेका छन् ।

 




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।