इन्ट्रा डे करेक्सनपछि नेप्से सकारात्मक, काराेबार रकम भने घट्याे

Jul 23, 2026 03:10 PM Merolagani



बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। ६ कारोबार दिनपछि हिजो करेक्सन भएको नेप्से, यस दिन इन्ट्रा डे करेक्सनपछि अन्तिम समयमा सकारात्मक भएर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १४.१७ अंक बढेर २७२६.७२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंक बढेको छ।

नेप्से बढेपनि यस दिन कारोबार भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ५ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३८ स्टकको ५७ हजार ७८२ पटकको कारोबारमा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ ८० पैसा बढेर ५६६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन स्नो रिभर्सको शेयरमूल्य साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने एपोलो हाइड्रोपावरको शेयरमूल्य ११ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २८ करोड ३३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको साढे २७ करोड रुपैयाँको शेयर किनबेच भएके छ भने रिडी पावरको करिब २५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ। त्यसतै, यस दिन जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।