सातामा २ प्रतिशतभन्दा बढी बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?

Jul 25, 2026 05:51 AM Merolagani



यस साता नेप्से परिसूचक २ प्रतिशतभन्दा बढी बढेर बन्द भएको छ। गत साता २६७७.५४ विन्दुमा बन्द भएको नेप्से, यस साता २.१३ प्रतिशत अर्थात ५७.०६ अंक बढेर २७३४.६० विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये चार कारोबार दिन नेप्से बढेको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ५.०९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९७ अंक बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकममा भने केही कमी आएको छ। गत साता दैनिक औषतमा ५ अर्ब ८३ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २.९५ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २९.४० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३४.९७ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि २ प्रतिशतभन्दा बढी बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९९ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.११ प्रतिशत बढेको छ। गत साता १० हजार ६१२.८६ विन्दुमा बन्द भएको नेप्से, यस साता ४३६.३२ अंक बढेर ११ हजार ४९.१८ विन्दुमा पुगेको छ। अंकका आधारमा पनि यस साता यही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको हो।

यस साता व्यापार उपसमूहको परिसूचक भने सबैभन्दा कम ०.४३ प्रतिशत बढेको छ। गत साता ४६९५.६३ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता २०.३३ अंक बढेर ४७१५.९६ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता लगानी उपसमूहको परिसूचक सबैभन्दा कम १.४० अंक बढेको छ।

यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी ३४.४१ अंक घटेको छ।

यस साता एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक १०१.०२ प्रतिशत बढेको छ। गत साता ३२३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता ६५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब २७ प्रतिशत बढेको छ भने स्नो रिभर्सको शेयरमूल्य करिब २२ प्रतिशत बढेको छ। कारोबारमा आएको कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १२.०६ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता एनएमबि लघुवित्त वित्तीय संस्था, नेपाल एसबिआई बैंक, आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मकर जीतुमाया सुरी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, मोदी इनर्जी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।