प्रवासी नेपालीहरूलाई नेपालको विकास र लगानीका सद्भावना दूतको संज्ञा दिँदै अर्थमन्त्री वाग्लेले मुलुकको समृद्धिका लागि उनीहरूको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले वर्तमान सरकार सुशासन स्थापना र आर्थिक विकासको ढोका खोल्न क्रियाशील रहेको दाबी समेत गरे।
सरकारको १०० दिनको कार्यकालको समीक्षा गर्दै मन्त्री वाग्लेले भने, “हामीले उच्च इमानदारीका साथ सरकारी सेवालाई सहज बनाउने र अर्थतन्त्रलाई सही दिशा दिने प्रयास सुरु गरेका छौँ।” नेतृत्वमा उच्च नैतिकता, योग्यता (मेरिटोक्रेसी), र भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पछिल्लो एक दशककै उत्कृष्ट सुधारको जग बसालिएको जिकिर उनले गरेका छन् ।
