सुनसरीका यी स्थानमा लाग्यो अनिश्चितकालीन कर्फ्यु

Jul 27, 2026 08:19 AM Merolagani



सुनसरीको देवानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएपछि कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको हो। बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी भएको छ।

हरिनगरा बजार क्षेत्र, भुटाहा बजार क्षेत्र, कप्तानगञ्ज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गए राति साढे १० बजे दुई पक्षबीचको झडप नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा सोही गाउँपालिका ३ का ३० वर्षीय महेताको मृत्यु भएको हो। नौजना प्रहरीसहित १८ जना घाइते भएका छन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।