सुनसरी घटनापछि बोलाइएको सर्वदलीय बैठकको निर्णय: सद्भाव कायम राख्न संयुक्त विज्ञप्ति जारी गरिने

Jul 29, 2026 10:18 AM Merolagani



सुनसरी लगायतका क्षेत्रमा भड्किएको तनावपूर्ण परिस्थिति, अशान्ति र सद्भाव खलबलिने जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख राजनीतिक दलहरूले संयमता र शान्ति कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेको पहलमा बोलाइएको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष तथा प्रमुख नेताहरूको सहभागिता रहेको थियो। बैठकमा सुनसरीको देवानगञ्ज लगायतका स्थानमा विकसित घटनाक्रम र उत्पन्न सुरक्षा चुनौतीबारे गहन छलफल भएको थियो।

बैठकपछि नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेका अनुसार, समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति-सुव्यवस्था कायम राख्नका लागि सबै दलहरूले एकमुख भएर संयुक्त अपिल (विज्ञप्ति) जारी गर्ने सहमति भएको छ। आवेग र उत्तेजनामा नआई धैर्यताका साथ समस्याको समाधान पहिल्याउन नेताहरूले नागरिकलाई आह्वान गरेका छन्।

सर्वदलीय बैठकमा सहभागी नेताहरूले यस्तो संवेदनशील र गम्भीर परिस्थिति उत्पन्न हुँदा पनि प्रधानमन्त्री तथा गृहमन्त्रीको उपस्थिति र सक्रियता नदेखिएको भन्दै चासो व्यक्त गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरूले भीड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न सरकार किन प्रभावकारी हुन सकेन भन्ने प्रश्न उठाउँदै सरकारलाई थप जिम्मेवार भएर कदम चाल्न आग्रह गरे।

बैठकले देशका अन्य भागहरूमा समेत कुनै पनि बहानामा सामाजिक र धार्मिक सद्भाव बिग्रिन नदिन स्थानीय तहमा पनि संवाद र पहल बढाउनुपर्नेमा जोड दिएको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।