अनलाइन सट्टेबाजी र अवैध वित्तीय कारोबार विरुद्ध प्राधिकरणको ‘एक्सन’, दुई लाख २३ हजार वेबसाइट र एप बन्द

Jul 24, 2026 08:28 AM Merolagani



नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार गर्ने दुई लाख २३ हजारभन्दा बढी वेबसाइट तथा एपहरू बन्द गरेको छ। सरकारको नीतिगत निर्देशन र बढ्दो साइबर अपराधलाई मध्यनजर गर्दै प्राधिकरणले यो कदम चालेको हो।

सरकारले गत चैत १३ गते जारी गरेको ‘शासकीय सुधारसम्बन्धी एक सय कार्यसूची’ को ४२ औँ बुँदामा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) रोकथामको विषय समेटिएको थियो। उक्त बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सट्टेबाजी एप र वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ। सोही निर्णयको कार्यान्वयन गर्दै प्राधिकरणले हालसम्म २ लाख २३ हजार ५६८ वटा त्यस्ता प्ल्याटफर्महरू ब्लक गरेको जनाएको छ।

विशेष गरी फिफा विश्वकप आयोजना भएयता सट्टेबाजी एपहरूको प्रयोग बढ्न सक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चासो देखाएपछि प्राधिकरणले कारबाहीमा तदारुकता देखाएको हो। यस कार्यका लागि प्राधिकरणले एउटा छुट्टै ‘टास्क फोर्स’ समेत गठन गरेको छ।

टास्क फोर्सका सदस्य एवं दूरसञ्चारका सहायक निर्देशक इन्जिनियर ओमप्रकाश महतोका अनुसार, इन्टरनेट सेवा प्रदायक (आईएसप) का प्रतिनिधिहरूलाई प्राधिकरणमै राखेर अवैध वेबसाइटहरू बन्द गर्ने काम भइरहेको छ। ‘आईएसपीहरूसँगको सहकार्यमा त्यस्ता वेबसाइटका यूआरएल ब्लक गर्ने गरिएको छ’, महतोले भने।

पहिचान भएका अवैध साइटहरूलाई सूचीकृत गरी बन्द गरिए पनि नयाँ नाममा यस्ता वेबसाइट खुल्ने क्रम जारी रहनु मुख्य चुनौती बनेको छ। यस समस्यालाई सम्बोधन गर्न प्राधिकरणले ‘थ्रेड इन्टेलिजेन्स टुल’ प्रयोग गरेर निरन्तर निगरानी (हन्टिङ) गरिरहेको छ। यस कार्यका लागि दक्ष जनशक्तिको समेत व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सर्वसाधारणलाई पनि यस्ता अवैधानिक वेबसाइटबारे जानकारी भएमा github.com/NTA-OPM लिंकमा गएर अपडेट गराउन वा रिपोर्ट गर्न आग्रह गरेको छ। सरकार र प्राधिकरणको यो सक्रियताले अनलाइनमार्फत हुने ठगी र अवैध वित्तीय कारोबारमा कमी आउने विश्वास लिइएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।