सामान्य अंक बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

Aug 05, 2026 03:09 PM Merolagani



बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक ४.७९ अंक बढेर २६६७.९७ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०३ अंक र सेन्सेटिभ इण्डेक्स ०.३० अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। मंगलबार ४ अर्ब ७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५० स्टकको ६१ हजार २८६ पटकको कारोबारमा ४ अर्ब ४० करोड ९८ लाख ८६ हजार रुपैयाँबराबरको १ करोड ६७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोलु हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ८७ रुपैयाँ ७० पैसा बढेर ६७२ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको हो। अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। पछिल्ला १२ कारोबार दिनदेखि निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको एभरेष्ट कलरको शेयरमूल्य यस दिन सर्वाधिक ९.०३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५८ करोड १० लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब ३५ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने खानीखोला हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २७ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जलविद्युत उपसमूहको परिसूचक करिब साढे ४ प्रतिशत बढेको छ भने होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।