टेलिकमको बक्यौता महशुल बुझाउने सुवर्ण अवसर, पुससम्म भुक्तानी गर्नेलाई छुट

Aug 06, 2026 12:00 PM Merolagani



नेपाल टेलिकमले आफ्ना विभिन्न सेवाहरू प्रयोग गरेबापत महशुल तिर्न बाँकी रहेका ग्राहकहरूका लागि विशेष सहुलियतको घोषणा गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि बक्यौता रहेका ग्राहकहरूलाई जरिवानामा पूर्ण छुट दिने निर्णय गरेको हो ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्मको बक्यौता रकम रहेका ग्राहकहरूले आगामी २०८३ साल पौष मसान्तभित्र उक्त रकम भुक्तानी गरेमा लाग्ने सम्पूर्ण जरिवाना मिनाहा गरिनेछ । टेलिकमले आफ्ना ग्राहकहरूलाई यो अवसरको सदुपयोग गर्न र नजिकैको दूरसञ्चार कार्यालयमा गई बक्यौता बुझाउन अनुरोध समेत गरेको छ ।

 

छुटको अवसर प्रदान गर्दा पनि बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूको हकमा भने कम्पनीले कडा कदम चाल्ने संकेत गरेको छ । तोकिएको समयभित्र रकम भुक्तानी नगरेमा त्यस्ता ग्राहकहरूको नाम र विस्तृत विवरण कम्पनीको आधिकारिक वेबसाइट तथा राष्ट्रिय स्तरका पत्रिकाहरूमा सार्वजनिक गरिने टेलिकमले जनाएको छ । सार्वजनिक सूचना प्रकाशन गरी असुली प्रक्रियालाई कानुनी रूपमै अगाडि बढाइने समेत कम्पनीले स्पष्ट पारेको छ ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।