गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १४५.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १९ करोड ४० लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बिक्री आम्दानी १४७.७२ प्रतिशत बढेर २० करोड ९८ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ९५.७९ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी भने ५ करोड ७२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो नोक्सानी ३ करोड ५३ लाख रुपैयाँ थियो। कम्पनीको बिक्री वितरण खर्च र वित्तीय खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो।
गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ९६ पैसा रहेको छ।
७२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी १४ करोड ४९ लाख रुपैयाँ रहेको छ।
