करिब ३ सय ६७ किलो गाँजासहित तीन जना पक्राउ

Aug 24, 2026 01:07 PM Merolagani



प्रहरीले उदयपुर र चितवनबाट गरी करिब ३ सय ६७ किलो अवैध लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

उदयपुरको कटारी नगरपालिका–४, मरूवा खोला नजिकबाट प्रहरीले १ सय ९९ किलो ३ सय २० ग्राम गाँजासहित २१ वर्षीय सोम मगरलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले बेतिनीबाट कटारीतर्फ आउँदै गरेको ना.७ ख ८१७३ नम्बरको टिपर जाँच गर्ने क्रममा ढालाभित्र लुकाएर राखिएको ९ वटा बोराबाट गाँजा बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका मगर टिपर चालक हुन्।

यस्तै, चितवनको राप्ती नगरपालिका–१०, चिप्लेटीबाट करिब १ सय ६८ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले बा.प्र.०३–०१–०२३ च ५८२८ नम्बरको कार जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो।

पक्राउ पर्नेमा नवलपरासी पूर्व घर भएका ५१ वर्षीय दिल्लीराम थारू र चितवन राप्ती नगरपालिका–१ पिप्ले बस्ने ३६ वर्षीय कर्णबहादुर तामाङ रहेका छन्। थारू कार चालक रहेको प्रहरीले जनाएको छ।

दुई फरक जिल्लाबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी पनि अघि बढाएको छ। पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।