करिब २ हजार ५ सय ६६ किलो गाँजा सहित दुई जना पक्राउ

Oct 05, 2026 02:01 PM Merolagani



इनरूवा नगरपालिका-३, सुनसरी, सखुवागाछी चोकबाट अवैध लागूऔषध गाँजा करिब २ हजार ५ सय ६६ किलोग्राम सहित धनकुटा सहिदभूमि गाउँपालिका-२ बस्ने ३३ वर्षीय राजु राई समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट सखुवागाछी समेतबाट खटिएको प्रहरीले ना.७ ख १८२५ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको ८३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजु समेत २ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।