प्रि ओपन सेसन अपडेटः ७ अंक बढ्यो नेप्से

Oct 14, 2026 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४.१२ अंक बढेर २५९९.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.२१ अंक बढेर २२६०७.१४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.४० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५७ स्टकको ८५ पटकको कारोबारमा १२ लाख ५२ हजार ५३९ रुपैयाँ ८० पैसाबराबरको ३ हजार १२३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।