अघिल्लो कारोबार दिन अर्थात बुधबार २१.३२ अंक बढेर २६२१.२६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१५ अंक बढेर २६२१.४१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ५३ स्टकको ९० पटकको कारोबारमा ५ करोड २ लाख ९३ हजार ५७८ रुपैयाँबराबरको ५४ हजार ७२८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।