आशुतोष इनर्जीलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Nov 06, 2026 10:56 AM Merolagani



नेपाल धितोपत्र बोर्डले आशुतोष इनर्जी लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशनका लागि स्वीकृति प्रदान गरेको छ।

बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ दरका कुल १२ लाख कित्ता शेयर निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्ने अनुमति दिएको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएसँगै अब कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमार्फत शीघ्र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि शेयर निष्काशन प्रक्रिया अगाडि बढाउनेछ।




सुन–चाँदीको मूल्य एक वर्षयताकै न्यून विन्दुमा : के सुनचाँदीको मूल्य अझै घट्छ ?  के भन्छ वर्ल्ड गोल्ड काउन्सिल ?

Nov 18, 2026 05:58 AM

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको भाउ लगातार ओरालो लागेसँगै नेपाली बजारमा पनि सुन र चाँदीको मूल्यमा उच्च गिरावट आएको छ।