प्रि ओपन सेसन अपडेटः करिब ५ अंक बढ्यो नेप्से

Nov 25, 2026 10:51 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १५.३९ अंक बढेर २६३८.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.८३ अंक बढेर २६४३.७९ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.४४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६९ स्टकको ११६ पटकको कारोबारमा ११ करोड १८ लाख ६२ हजार ४२६ रुपैयाँबराबरको २ लाख ४३ हजार ४३९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ। बाँकी ११ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।