पक्राउ पर्नेहरूमा काठमाडौं महानगपालिका-१६ बस्ने धादिङ सिद्धलेक गाउँपालिका-३ घर भएका २८ वर्षीय विज्ञान इटनी, काठमाडौं महानगरपालिका-२९ बस्ने दैलेख नारायण नगरपालिका-९ घर भएका ३५ वर्षीय पुष्पराज सोनी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने ३३ वर्षीय रोशन गोले र सिन्धुली मरिण गाउँपालिका(२ घर भएका ४६ वर्षीय लिला बहादुर गरंजा रहेका छन् ।
पक्राउ मध्ये विज्ञानले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १० लाख ९५ हजार रूपैयाँ, पुष्पराजले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३० हजार रूपैयाँ, रोशनले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ५० हजार रूपैयाँ र लिला बहादुरले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विज्ञानलाई काठमाडौं महानगपालिका-१६ बाट मंगलबार तथा पुष्षराजलाई काठमाडौं महानगपालिका(२९ बाट, रोशन र लिला बहादुरलाई बुढानिलकण्ठ नगरपालिका-१० बाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।