मुक्तिनाथ बैंकको सिइओमा प्रद्युमन पोखरेल नियुक्त्त

Mar 19, 2018 Merolagani



मुक्तिनाथ विकास बैंक (MNBBL) को प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंकको संचालक समितीको १८९ औं बैठकले आगामी जेठ १ गतेदेखि लागू हुनेगरि पोखरेललाई ४ वर्ष अवधिका लागि सिइओ नियुक्ती गरेको हो ।

हाल बैकका कामु कार्यकारी अधिकृत भरत राज ढकालको कार्यकाल वैशाख मसान्तमा समाप्त हुने भएकाले अनुभव र कार्यदक्षताका आधारमा पोखरेललाई नियुक्त गरेको बैकले जनाएको छ ।

पोखरेलले गत वर्षको मंसिरदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हाल्दै आएका छन् ।

वाणिज्य शास्त्रमा स्नातकोत्तर उपाधी हाँसिल गरेका पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट बैंकिङ्ग करिअर सुरु गरेका थिए । उनले नबिल बैंकमा १९ वर्ष विभिन्न विभागमा रहि जिम्मेवारी बहन गरेका थिए ।

सन् २०१० देखि २०१६ सम्म मेगा बैंकमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत रहेका थिए ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।