मन्त्रालयमा कार्यरत द्वितीय तहका कर्मचारीमध्ये केहीलाई भन्सार विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको छ भने केहीलाई काठमाडौँ उपत्यका बाहिरका कार्यालयहरूमा सरुवा गरिएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार उक्त निर्णय गर्दै उपसचिवहरूलाई भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा प्रदेशका कार्यालयहरूमा खटाइएको जानकारी मन्त्रालयले दिएको छ।
