विद्युत् नियमन आयोगमा अध्यक्ष र सदस्यका लागि १५ जनाको नाम सर्टलिस्टमा, को–को परे ?

Jun 21, 2026 02:06 PM Merolagani



विद्युत् नियम आयोगको अध्यक्ष र सदस्यसहित १५ जनाको नाम छनोट सुची (सर्टलिस्ट) मा परेको छ ।

विद्युत् नियमन आयोगका अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले अध्यक्ष पदका लागि ६ जना र सदस्य पदका लागि ९ जना सर्टलिस्टमा परेका हुन् ।

छनोट समितिका अनुसार, आयोगको अध्यक्ष पदका लागि केशवध्वज अधिकारी (ललितपुर), डा. रामप्रसाद धिताल (सिन्धुपाल्चोक), मधुप्रसाद भेटुवाल (काठमाडौँ) र मोतीबहादुर कुँवर (काठमाडौँ), डा. मधुसुधन अधिकारी (काठमाडौँ) र डा. भोलानाथ शर्मा घिमिरे (गोरखा) को नाम सर्टलिस्टमा परेको हो ।

त्यस्तै, आयोगको सदस्य पदका लागि ९ जनाको नाम सर्टलिस्टमा परेको छ । जसमा निरज्वल बस्नेत (उदयपुर),रुद्रप्रसाद सिटौला (काठमाडौँ),जयराज भण्डारी (काठमाडौँ), लोकराज पाठक (काठमाडौँ), बलराम सिलवाल (धादिङ), विज्ञानप्रसाद श्रेष्ठ (काठमाडौँ), अर्जुनकुमार गौतम (भक्तपुर), नरेन्द्रसिंह भण्डारी (काठमाडौँ) र नारायणप्रसाद सापकोटा (भरतपुर) रहेका छन् ।

व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा ५० प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरू छनोटमा परेका हुन् । आयोगमा एक अध्यक्षसहित ५ पदाधिकारी छनोट गर्नुपर्नेछ । अध्यक्षसहित ५ जना छनोट गर्नुपर्नेमा अहिले १५ जना उम्मेद्वार सर्टलिस्टमा परेका हुन् ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।