प्रि ओपन सेसन अपडेटः करिब १७ अंक घट्यो नेप्से

Jul 23, 2026 10:53 AM Merolagani



बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १७ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार १३.९५ अंक घटेर २७१२.५४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १६.९१ अंक घटेर २६९५.६३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ३.८८ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७० स्टकको १०६ पटकको कारोबारमा १ करोड १९ लाख ८४ हजार ९०६ रुपैयाँबराबरको २२ हजार ५५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने ५५ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




सिंहदरबारको त्यो 'डेढ घण्टा': जब बालेनले शेयर बजारका हस्तीहरूलाई सोधे– 'मैले के बिगारेँ र बजार रातो भयो?'

Jul 20, 2026 04:33 PM

सुवास निरौला

नयाँ सरकार बनेपछि 'बुलिस' ट्रेन्डको सपना देखेका लगानीकर्ताहरू यति बेला 'रातो झरी' ले निथ्रुक्क भिजेका छन्।