नेप्से र कारोबार रकम दुबै बढ्यो

Jul 24, 2026 03:10 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

शुक्रबार नेप्से परिसूचक ७.९० अंक बढेर २७३४.६३ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.१६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बिहीबार ४ अर्ब ६९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५३ स्टकको ७० हजार १५८ पटकको कारोबारमा ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँबराबरको १ करोड ३७ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

एभरेष्ट कलर लिमिटेडको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८४ रुपैयाँ ९० पैसा बढेर ६५१ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे १४ प्रतिशत बढेको छ भने सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको १० प्रतिशत सानिमा बैंक लिमिटेड डिबेञ्चरको मूल्य यस दिन सर्वाधिक ८.९२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे २७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे २५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.१७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.०८ प्रतिशत घटेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।