'सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ'

Aug 24, 2026 03:20 PM Merolagani



श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गरेकी छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् । सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको बताइन् । उनले ३६ देशलाई चिनेको भनि दाबी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाइन् । उनले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी पनि गरिन् ।

उनले भनिन्, ‘अर्थमन्त्रीज्युले ३६ देशउलाई चिनेको भनेर सत्तापक्षका माननीयज्यूहरुले भन्नुहुन्छ । तर उहाँले ३६ देशलाई चिनेर आफ्नै देशलाई चिन्न सक्नुभएन । उहाँले ल्याएको बजेटको असफलता पहिलो महिना सकिँदा नै देखिन थाल्यो । किनभने नेपालको इतिहासमा कहिल्यै पनि अर्थतन्त्रमा यतिधेरै समस्या र कमजोरी देखिएको थिएन । बैंकिङ प्रणालीमा यतिधेरै तरलता हुँदा पनि किन कोही लगानी गर्न ऋण लिन चाहिरको छैन ? के व्यवसायीहरुलाई दुई तिहाई बहुमतको सरकारको अर्थनीतिमा अविश्वास भएकै हो त ? अर्को कुरा वर्तमान सरकार गठन भएपछि पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको छ । तर यत्रो समस्या हुँदा पनि अर्थमन्त्रीज्यू चाँही चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छ । अर्थतन्त्रको समस्या समाधान नगरि देश विकास हुन्छ र ?’

उनले अर्थमन्त्री वाग्लेले पूँजीबजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा चिठ्टा खेलाउनमा व्यस्त रहेको आरोप पनि लगाइन् ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।