नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबारको बजारमा चाँदी प्रतितोला चार हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।
