शुक्रवार (कात्तिक ६ गते) देखि सुरु हुने यो तीनदिने भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित प्रसिद्ध नैनीतालमा रहेको 'कैंची धाम' र आसामको गुवाहाटीस्थित 'कामाख्या मन्दिर'मा परिवारसहित पुगी पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।
आध्यात्मिक तथा पारिवारिक भ्रमणको यो तीनदिने कार्यतालिका पूरा गरी उनी निर्धारित समयमै स्वदेश फर्कने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।