मकवानपुर गाडी दुर्घटना : १० जनाको मृत्यु, घाइतेको संख्या ६

Nov 12, 2026 12:30 PM Merolagani



मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको गाडी दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशंकर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा १० जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका छन् । दुर्घटनाका घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंबाट सर्लाहीतर्फ आउँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक गाडी बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकबाट करिब ५०० मिटर तल झरेको थियो ।

अन्य मृतकको पहिचान हुन बाँकी छ । दुर्घटनाका कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए । रासस




हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

Nov 08, 2026 06:30 AM

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।