गृहले यही कात्तिक १३ गते स्वीकृत गरेको ‘वैदेशिक भ्रमणको सिकाइ संस्थागत गर्ने सम्बन्धी दिग्दर्शन, २०८३’ मा यस्तो व्यवस्था गरिएको हो ।
दिग्दर्शनअनुसार, गृह मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी कर्मचारीले विदेश भ्रमणबाट फर्केको १५ कार्य दिनभित्र भ्रमण अनुभवमा आधारित प्रतिवेदन बुझाउनु पर्नेछ ।