प्रि ओपन सेसन अपडेटः करिब साढे ६ अंक बढ्यो नेप्से

Jul 30, 2025 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ६ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३०.७६ अंक बढेर ३००२.०७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.२५ अंक बढेर ३००८.३३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.१० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ७६ स्टकको १५५ पटकको कारोबारमा ४ करोड ६३ लाख ७१ हजार १५९ रुपैयाँ ५० पैसाबराबरको ७० हजार २९४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४१ स्टकको मूल्य बढेको छ भने ३२ स्टकको मूल्य घटेको छ। बाँकी ३ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।