अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४१.३५ अंक घटेर २८३४.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.०२ अंक बढेर २८४०.०३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.०४ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ५१ स्टकको १११ पटकको कारोबारमा १ करोड १२ लाख ३९ हजार ३०९ रुपैयाँ ३० पैसाबराबरको १८ हजार ५६९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने १९ स्टकको मूल्य घटेको छ।