प्रि ओपन सेसन अपडेटः साढे १ अंक घट्यो नेप्से

Aug 04, 2025 10:57 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ६३.७३ अंक घटेर २८५८.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६३ अंक घटेर २८५७.२६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७७ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ६५ स्टकको २०१ पटकको कारोबारमा ४६ लाख ५ हजार २२७ रुपैयाँ ५० पैसाबराबरको १० हजार ३९१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने ३५ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।