प्रि ओपन सेसन अपडेटः साढे ७ अंक बढ्यो नेप्से

Jul 31, 2025 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार ४७.९३ अंक घटेर २९५४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.६६ अंक बढेर २९६१.८० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९१ अंक बढेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५५ स्टकको १०३ पटकको कारोबारमा ७५ लाख ९२ हजार ६२९ रुपैयाँ ५० पैसाबराबरको ८ हजार १२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने २१ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




माछापुच्छ्रे बैंकको नाफा २ अर्ब नाघ्यो, वितरणयोग्य मुनाफा कति?

Aug 05, 2025 07:03 AM

माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्बभन्दा बढी नाफा कमाएको छ।